७ कार्तिक २०८१, बुधबार

नयाँ सरकार गठन प्रक्रिया अघि बढेसँगै सरकारबाट बाहिरिन्छौँः रास्वपा

प्रकाशित मिति :  2 July, 2024 2:17 pm


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ सरकार गठन प्रक्रिया अघि बढेसँगै सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

मंंगलवार सिंहदरबारमा बसेको पार्टी पदाधिकारी बैठकले सो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले काँग्रेस-एमाले सत्ता समीकरण बन्नेकुरा जनताको हितमा नरहेको बताए ।

उनले नेपालको राजनीतिमा र चलखेल निरन्तर भइरहेको बताउँदै अब बन्ने गठबन्धनमा रास्वपा नरहेने पनि स्पष्ट पारे । उनले भने, “सबैकुरा हामीले चाहेको जस्तो पनि हुँदैन । पछिल्लो सयमा जे भएको छ, यसमा पनि देश र जनताको हितमा छ भन्ने लाग्दैन । यस घटनाक्रमलाई हेर्दा अब बन्ने गठबन्धनमा हामी रहँदैनौँ । हामी सरकारमा जाँदैनौँ । अर्को सरकार अघि बढ्ने प्रक्रिया भएपछि हामी सरकार छोड्छौँ ।”

प्रमुख सचेतक परियारले पुराना राजनीतिक दलहरू पुरानो परिपाटीबाट पछि नहटेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस !