७ कार्तिक २०८१, बुधबार

५ सय र हजारको नोटमा प्रतिवन्ध लगाउन काँग्रेस सांसद पन्तको माग

प्रकाशित मिति :  2 July, 2024 4:03 pm


काठमाडाैँ । राष्ट्रिय सभामा नेपाली काँग्रेस सांसद कमलाा पन्तले ५ सय र हजारको नोटमा प्रतिवन्ध लगाउन माग गरेकी छन्।

मंगलवार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमा विभिन्न मन्त्रालयको शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो माग गरेकी हुन् । उनले अर्थमन्त्रीले हिम्मत देखाएर भएपनि पाँच सय र हजारको नोट प्रतिवन्ध लगाउनुपर्ने बताए । उनले पञ्चशीलको सिद्धान्तलाई लागू गर्न पनि माग गरिन् । उनले कहिले कुन देशसँग नजिकिने र कहिले कुन देशसँग नजिकिने परिपाटी अन्त्य गर्न आग्रह गरिन् ।

“नेपालीले पूर्खाको पालादेखि इज्जत कमाएर बसेको मुलुक हो । त्यसैले गर्दा यो पञ्चशीलको सिद्धान्तलाई लागू गर्नुृपर्छ । अर्थमन्त्रीज्यु सक्नुहुन्छ भने ५ सय हजारको नोट ब्याण्ड गर्नुस्,” उनले भनिन् । सांसद पन्तले बुढीगण्डकी परियोजना तत्काल लागू गर्न माग गरिन्।



प्रतिक्रिया दिनुहोस !