७ कार्तिक २०८१, बुधबार

गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्दाहेर्दैमा, आज पनि सुनुवाइ हुने

प्रकाशित मिति :  3 July, 2024 8:27 am


काठमाडौँ। गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा आज (बुधवार) पनि सुनुवाइ हुने भएको छ ।

मंगलवार सुरु भएको बहस नसकिएपछि सो मुद्दा हेर्दाहेर्दैमा राखिएपछि आज सुनुवाईले निरन्तरता पाउने भएको हो ।

अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने शेयर सदस्य रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीको अवैध रकम अपचलन गरिएको दाबी सहित अनुसन्धान गर्ने निकायको नेतृत्व गर्न नमिल्ने दाबी गर्दै रिट दायर गरेका थिए ।

रिट निवेदकका तर्फबाट रमण कर्णसहितका कानुन व्यवसायीले जवाफी बहस बाँकी रहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !