७ कार्तिक २०८१, बुधबार

आगामी तीन दिन यी नदीमा रहनेछ जलतह उच्च, सतर्क रहन चेतावनी

प्रकाशित मिति :  3 July, 2024 8:50 am


काठमाडौँ। आगामी ३ दिन कोशी, नारायणी, कर्णाली र यसका प्रमुख सहायक नदीहरूको जलसतह उच्च रहने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बुधवार बिहान सार्वजनिक गरेको बाढी पूर्वानुमान बुललेटिन जारी गर्दै यी मुख्य नदी र प्रमुख सहायक नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्‍च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

बागमती, महाकली, कमला, कन्काई, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्‍च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

सुर्खेत, बर्दिया, कैलाली, कन्चनपुर र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरुमा बहाव बढ्ने तथा केही स–साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान रहेको जनाइएको छ ।

ईलाम, झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, पाँचथर, संखुवासभा, ओखलढुङ्गा, सर्लाही, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, उदयपुर, सिन्धुली, मकवानपुर, धादिङ, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, कास्की, पर्वत, गोरखा, म्याग्दी, नवलपरासी (ब.सु.पू), नवलपरासी (ब.सु.प), पाल्पा, चितवन, अर्घाखाँची, प्यूठान, कपिलवस्तु, दाङ, बाँके, डोटी, अछाम, बझाङ, डडेलधुरा र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्ने तथा केही स–साना नदीमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान रहेको छ ।

विभागले बाढी पूर्वानुमान सूचना सामाजिक सञ्जालमार्फत् प्रदान गर्दै आएको छ। फेसबुक पेजबाट अपडेट लिन यहाँ क्लिक गर्न सक्नुहुनेछ।



प्रतिक्रिया दिनुहोस !