७ कार्तिक २०८१, बुधबार

रास्वपा केन्द्रिय समिति बैठक सुरू, महामन्त्रीको सांकेतिक बिरोध

प्रकाशित मिति :  3 July, 2024 10:49 am


काठमाडौँ । केन्द्रिय समितिको बैठकको प्रत्यक्ष प्रशारण नगरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा.मुकुल ढकालले बिरोध जनाएका छन् ।

बुधवार बिहान पार्टी केन्द्रिय कार्यालय बालाजुमा बसेको बैठकको प्रत्यक्ष प्रशारण गर्न माग गरेका महामन्त्री ढकालको प्रस्तावलाई पार्टी सभापति रवि लामिछानेले अस्वीकृत गरेपछि बिरोध जनाएका हुन्।

उनले मुखमा कालो टेप टाँसेर सांकेतिक बिरोध जनाएका छन्। उनले लोकतन्त्र मान्ने र बुझेको मानिसले प्रत्यक्ष प्रशारण गर्नबाट नरोक्ने भन्दै अभिव्यक्ति दिँदै आएपनि बैठकले उनको प्रस्तावलाई अस्वीकृत गरी बैठक सञ्चालन गरिरहेको छ ।

बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल जारी छ । साथै बैठकमा महामन्त्री ढकालले सभापति लामिछानेलाई बुझाएकाे प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । प्रतिवेदनमा रास्वपाले अहिलेकै अवस्थालाई अंगालेर जाँदा पार्टीप्रतिको नागरिकको आकर्षण घट्दै जाने कुरालाई उठाइएको छ । पार्टीले नयाँ निर्णय गरेर जानुपर्ने सुझाव महामन्त्रीको प्रतिवेदनमा छ ।



प्रतिक्रिया दिनुहोस !