७ कार्तिक २०८१, बुधबार

संसदको काम, कारबाहीलाई पारदर्शी बनाउन सहयोग गर्छुः सचिव अधिकारी

प्रकाशित मिति :  3 July, 2024 1:15 pm


काठमाडाैँ । प्रतिनिधि सभाका नवनियुक्त सचिव सुरेश अधिकारीले संसदको कामलाई व्यवस्थित र पारदर्शी बनाउन भुमिका खेल्ने बताएका छन् ।

बुधवार सभामुख देवराज घिमिरेबाट प्रतिनिधि सभा सचिवको रुपमा शपथ ग्रहण गरेसँगै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले संसदको कामलाई व्यवस्थित गर्न भुमिका खेल्ने बताएका हुन् ।

उनले आफ्नो काम सभामुखको काममा सहयोग गर्ने भएको भन्दै सभामुखलाई सहयोग गरेर अगाडी बढ्ने बताए । उनले संसदको काम, कारबाहीलाई पारदर्शी बनाउनका लागि पनि आफ्नो सहयोग र भुमिका रहने बताए ।

“मेरो मुख्य भुमिका भनेको प्रतिनिधि सभाको कामलाई व्यवस्थित गर्नको लागि सघाउ पु¥याउनु हो । र सम्माननीय सभामुखज्युको काममा सहयोग गर्ने, संसदमा प्रस्तुत हुने एजेण्डाहरुको बारेमा अध्ययन गर्ने र पेश गर्ने लगायतका कामहरू पर्छन्,”उृनले भने ।

सचिव अधिकारीले बुधबार सभामुख देवराज घिमिरेबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । उनलाई सभामुखको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलवार प्रतिनिधि सभा सचिवमा नियुक्त गरेका हुन्र । सचिव अधिकारी कोशी प्रदेश, संखुवासभा जिल्ला खाँदबारी नगरपालिका वडा नम्बर २ स्थायी निवासी हुन् ।



प्रतिक्रिया दिनुहोस !