७ कार्तिक २०८१, बुधबार

साताभर नै भारी वर्षा जारी रहने

प्रकाशित मिति :  4 July, 2024 6:52 am


काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली रहको छ भने कोशी, बागमती, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी शनिवारसम्मै मनसुनको प्रभाव देशभर नै जारी रहने छ । भारी वर्षाको सम्भावना रहेको देशभर नै सचेतना अपनाउन विभागले अनुरोध गरेको छ ।

आगामी २४ घण्टामा देशैभर केही स्थानहरूका मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बिहीवार कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू(क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सचेत बनाइएको छ ।

यो साताभर नै दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको हो ।

तीन दिनको मौसम पूर्वानुमान सम्बन्धि पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्नसक्नुहुनेछ ।



प्रतिक्रिया दिनुहोस !