७ कार्तिक २०८१, बुधबार

रबि लामिछानेसमेत रास्वपाका मन्त्रीहरुलेसमेत आज राजिनामा गर्दै

प्रकाशित मिति :  4 July, 2024 8:22 am


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष तथा गृहमन्त्री रबि लामिछानेसमेतका मन्त्रीहरुले आज राजिनामा दिने भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकार अल्पमतमा परेपछि आजै प्रधानमन्त्रीलाई भेटेर रास्वपाका मन्त्रीहरूले राजीनामा बुझाउन लागेका हुन् ।

कांग्रेस र एमालले राष्ट्रिय सरकार गठनको एजेन्डा अनुमोदन गरिसकेका छन् भने नेकपा एमालेका मन्त्रीहरुले बुधवार नै राजिनामा बुझाइसकेका छन् ।

प्रचण्ड सरकारमा रास्वपा सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन्।

एमाले कांग्रेस गठबन्धनमा भने रास्वपा सहभागी नहुने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले भने एमाले कांग्रेसको कदमको स्वागत गरिसकेका छन् ।

सरकारमा सहभागी अर्को दल एमालेले बुधबार नै प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाइसकेको छ ।



प्रतिक्रिया दिनुहोस !