७ कार्तिक २०८१, बुधबार

ललितपुरका मेयर चिरिबाबुलाई अख्तियारले बोलायो

प्रकाशित मिति :  4 July, 2024 9:48 am


काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेको छ ।

बाढीपहिरो पीडितका नाममा महानगरलाई हानि हुने गरी आफूखुसी रकम बाँडेको उजुरी परेपछि सोधपुछका लागि पत्र काटिएको अख्तियारले जनाएको छ ।

उनी विरुद्ध २०७७ सालमा बाढीपहिरो पीडितका नाममा नियम विपरीत रकम बाँडेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

बुधबार मात्रै ललितपुर महानगरपालिकाले मन्दिरको जग्गा अतिक्रमण भएको भन्दै वडा नम्बर-१० चाकुपाटस्थित अख्तियारकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खालमा डोजर चलाएको थियो ।



प्रतिक्रिया दिनुहोस !