७ कार्तिक २०८१, बुधबार

प्रधानमन्त्रीसँगको छलफलपछि राजीनामा नदिई फर्किए रास्वपाका मन्त्री

प्रकाशित मिति :  4 July, 2024 10:47 am


काठमाडौँ । राजीनामा बोकेर प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन् ।

राजीनामा दिने तयारीका साथ प्रधानमन्त्री निवास पुगेका मन्त्रीहरू प्रधानमन्त्री प्रचण्डसँगको छलफल पछि राजीनामा नदिएर फर्किएका हुन ।

प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले संसद सामना गर्ने आफ्नो संवैधानिक अधिकार रहेकाले त्यतिन्जेल साथ दिन आग्रह गरेपछि राजीनामा नदिईकन मन्त्रीहरु फर्किएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

रास्वपाबाट सरकारमा अहिले सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् ।



प्रतिक्रिया दिनुहोस !