७ कार्तिक २०८१, बुधबार

सुनको भाउ एकैदिन तोलामा एक हजार ६ सय रुपैयाँले बढ्यो

प्रकाशित मिति :  4 July, 2024 11:14 am


काठमाडौँ। नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। एकैदिन सुनको भाउ तोलामा १६ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बिहिबार) सुनको भाउ प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि जेठ २५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ ४० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८२५ रुपैयाँ रहेको चाँदी आज १८६५ रुपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस !