७ कार्तिक २०८१, बुधबार

७७ जिल्लाका सीडीओहरुलाई जिल्ला नछाड्न गृह मन्त्रालयको निर्देशन

प्रकाशित मिति :  5 July, 2024 8:02 am


काठमाडौँ । गृह मन्त्रालयले मनसुन सक्रिय हुँदै गएकाले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई कार्यक्षेत्र नछोड्न निर्देशन दिएको छ ।

गृह मन्त्रालयले बिहीबार ‘भर्चुअल’ माध्यमबाट मनसुन सक्रिय हुँदै गएकाले विपद्को बेला उद्धार तथा राहतका काममा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गर्नुपर्ने भएकाले अत्यावश्यक कामबाहेक जिल्ला नछाड्न निर्देशन दिएको हो ।

गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारी ९सीडीओ० हरूलाई निर्देशन दिएका छन्।

मौसम पूर्वानुमान महाशाखाले आइतवारसम्म भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, शहरी तथा तराई क्षेत्रहरूमा डुवानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भन्दै सचेत बनाएको छ।

महाशाखाले देशका ३० जिल्लामा उच्च जोखिम रेहको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !