७ कार्तिक २०८१, बुधबार

सरकारलाई दिएको समर्थन फिर्ताबारे एमालेले संसद्लाई दियो जानकारी

प्रकाशित मिति :  5 July, 2024 2:27 pm


काठमाडौँ ।नेकपा एमालेले संघीय संसद् सचिवालयलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको छ ।

शुक्रबार एमाले प्रमुख सचेतक महेश कुमार बर्तौलाले पत्र मार्फत पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन । सचेतक बर्तौलाले सचिवालयलाई पत्र लेख्दै एमाले प्रतिपक्षमा बस्ने जानकारी गराएका हुन ।

पत्रमा भनिएको छ ‘सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा गठित वर्तमान सरकारलाई नेकपा एमालेको तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा सरकारलाई दिँदै आएको समर्थन मिति २०८१ असार १९ गते फिर्ता गरिएको छ ।

सोको जानकारी सम्माननीय प्रधानमन्त्रीलाई समेत गराइसकिएको हुँदा हाम्रो दल नेकपा (एमाले) संसदमा प्रतिपक्षमा रहने व्यहोरा जानकारी गराइन्छ ।’

प्रतिनिधिसभा बैठक असार २३ गतेका लागि बोलाइएको छ ।



प्रतिक्रिया दिनुहोस !