७ कार्तिक २०८१, बुधबार

स्वास्थ्यमन्त्री यादवले दिए राजीनामा

प्रकाशित मिति :  5 July, 2024 9:52 pm


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले पदबाट राजीनामा दिएका छन् ।

जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्री यादवले शुक्रबार राजीनामा दिएका हुन् ।

जनता समाजवादी पार्टीका सचिवसमेत रहेका यादवलाई प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !