७ कार्तिक २०८१, बुधबार

स्याङ्जामा खोलाले बगाउँदा एक जनाको मृत्यु

प्रकाशित मिति :  5 July, 2024 10:03 pm


काठमाडौँ । स्याङ्जामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान पौने ८ बजे स्याङ्जा पुतलीबजार नगरपालिका-१ वीरेन्द्रनगर बस्ने ७४ वर्षीय तिलबहादुर भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए।

अरगौदी खोला तर्नेक्रममा भुजेललाई बगाएको थियो। खोलाले बगाउँदा गम्भीर घाइते भएका उनलाई छोरा होमबहादुर भुजेलले उद्धार गरी जिल्ला अस्पताल पुर्‍याइएको थियो।

उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !