७ कार्तिक २०८१, बुधबार

सप्तकोसीका ५६ वटा ढोका खोलियो, पानीको बहाव अझै बढ्ने सक्ने

प्रकाशित मिति :  7 July, 2024 10:22 am


काठमाडौँ । लगातारको वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव उच्च भएसँगै ५६ वटै ढोका खोलिएको छ ।

आइतबार बिहान ९ः०० बजेको मापन अनुसार सप्तकोशीको पानीको बहाव प्रतिघण्टा ३ लाख ६८ हजार ६७० क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

अहिले पानीका बहाव बढेसँगै कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको हाे । आज बिहान पानीको बहाव बढ्न थालेपछि ब्यारेजका ४१ वटा ढोका खोलिएका थियो।

बिहान ६ बजेसम्म कोसी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको थियो । पानीको बहाव अझै बढ्ने सक्ने भन्दै उदयपुर, सुनसरी र सप्तकोसी नदी किनारका बासिन्दालाई सुरक्षित रहन सप्तकोसी जलमापन केन्द्रले अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस !