७ कार्तिक २०८१, बुधबार

तानसेन-बुटवल सडकखण्ड अवरुद्ध

प्रकाशित मिति :  7 July, 2024 10:44 am


काठमाडौँ । निरन्तर वर्षापछि आएको पहिरोले सिद्धार्थ राजमार्गको तानसेन-बुटवल सडकखण्ड अवरुद्ध बनेको छ ।

लगातारको वर्षाले तानसेन नगरपालिका-८, गौडे पुल नजिकै पहिरो खस्दा बिहान ६ बजेदेखि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सडक अवरुद्धपछि तानसेन, पोखरा, गुल्मीलगायतबाट आएका सवारीसाधन बाटोमै अलपत्र परेका छन् । तानसेन-बुटवल सडकखण्ड शनिवार दिनभर अवरुद्ध भइ बेलुकामात्रै संचालनमा आएको थियो ।

अहिले सडकमाथिबाट खसेको पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !