२ श्रावण २०८१, बुधबार

बागमती प्रदेशबाट बाहिरिए एमालेका मन्त्रीहरु

प्रकाशित मिति :  8 July, 2024 12:54 pm


काठमाडौं । नयाँ सत्ता समीकरणको सहमति भएसँगै बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन् ।

नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार बन्ने सहमति भएसँगै एमालेका मन्त्रीहरुले राजीनामा दिएका हुन् ।

गत चैत्र १७ गते माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा दोस्रो पटक सहभागी भएको थियो ।

एमालेबाट सरकारमा आर्थिक मामिला मन्त्रीमा जगन्नाथ थपलिया, उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरणमा मन्त्रालयमा केशव पोखरेल, स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ र जलश्रोत, ऊर्जा तथा खानेपानी मन्त्रालयमा एकालाल श्रेष्ठ गरी पाँच जना मन्त्रीले राजीनामा बुझाएका हुन् ।



प्रतिक्रिया दिनुहोस !