९ कार्तिक २०८१, शुक्रबार

विपद् व्यवस्थापनमा सरकार गम्भीर बनेनः काँग्रेस सांसद गौतम

प्रकाशित मिति :  8 July, 2024 1:21 pm


काठमाडौं । नेपाली काँग्रेस सांसद प्रतिमा गौतमले विपद् व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बताए ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राज्य गम्भीर नहुँदा नागरिकले दुःख पाएको बताए । उनले विपद्का कारण ठूलो जनधनको क्षति भएको बताइन् । उनले गत सालका पीडितलाई राहत दिन नसक्दे यस वर्ष नागरिकले सोही कुराको दुःख व्यहोर्नुपरेको बताए ।

उनले राज्य विपद्का लागि जहिले पनि तयारीका साथ बस्नुपर्ने उल्लेख विपद्का कारण भएको क्षतिबारे संसदलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘विपद्का कारण ठूलो जनधनको क्षति भएको छ । यो विपद् व्यवस्थापन गर्न सरकारले के गरिरहेको छ? यो सदनलाई जानकारी गराउन म माग गर्न चाहन्छु । नेपालमा कुनैपनि समय विपद् आउनसक्ने सम्भावना रहेको मुलुक भएकाले नेपालको परिप्रेक्ष्यमा कहाँ यदी भन्ने भन्दा पनि कहिले आउँछ भन्नेकुरा प्रश्न गर्नुपर्छ । यो उच्च जोखिम रहेको क्षेत्र हो । बाढी पहिरोका बारेमा सांसदज्युहरुले उठाउनुभएका कुरा मनन गरेर सरकार अघि बढ्नुपर्छ । प्रत्येक वर्ष आउने वर्षालाई राज्यले महशुस नगरी काम गर्दा जनताले विपद्को सामना गर्नुपरेको छ ।’

सांसद गौतमले वर्षे विकासको रणनीतिबाट सरकार पछि हट्न आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !