९ कार्तिक २०८१, शुक्रबार

नयाँ गठबन्धन अर्को पल्टुराम जन्मेला भनेर डरायो : सांसद मनिश झा

प्रकाशित मिति :  8 July, 2024 1:37 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपाली काँग्रेस र नेकपा (एमाले)का नेताहरुलाई एक अर्कालाई विश्वास गर्न सुझाव दिएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद झाले प्रधानमन्त्रीको राजीनामा माग गरेर काँग्रेस–एमालेले संसदीय प्रणाली र संविधानमाथि नै अविश्वास गरेको बताए।

उनले प्रधानमन्त्रीले विश्वासको मत लिने समय प्रशस्त बाँकी छँदै २८ गते नै विश्वासको मत लिन चाहेको भएपनि काँग्रेस–एमाले डराएको उल्लेख गर्दै ४ दिनमा अर्को पल्टुराम जन्मेला भनेर नडराउन पनि आग्रह गरे ।

उनले भने – ‘संसदीय प्रणाली र संविधान बनाउने दलहरुकै संसदीय प्रणाली र संविधानप्रति किन त्यति अविश्वास रु किन यो प्रणालीले र संविधानले काम नर्गला र फेरी ४ दिनमा अर्को पल्टुराम जन्मेला भनेर डराउनुहुन्छ रु तपाईहरुकै संख्या छ । तपाईहरुकै बहुमत हुने सम्भावना छ भने ४ दिन कुर्नुस् न । एकअर्कालाई विश्वास गर्नुस् न । सहकर्म र सहयात्राको गाथा गाउनुहुन्छ भने विश्वास पनि गर्नुस् । किन ४ दिनको लागि डराउनुहुन्छ रु तपाईहरुले नै बनाएको संविधान र संसदीय प्रणालीमा लेखिएकै कुरा अभ्यास गरिदैछ । त्यो भन्दा बाहिर गएर अभ्यास गरिएको छैन । आशय गलत नहोला । किन तर्सिनु भएको रु नतर्सिनका लागि र पल्टुरामहरुलाई पनि विश्वास गरिदिनका लागि अनुरोध गर्दछु ।’

उनले व्यापारिको घरमा गएर देशको भविष्यको खाका कोर्नेहरुका पार्टीका सांसदले आफूहरुलाई नैतिकताको प्रश्न सोध्न नसुहाउने बताए।



प्रतिक्रिया दिनुहोस !