९ कार्तिक २०८१, शुक्रबार

प्युठानको गर्जेनीमा पहिरो जाँदा बाटो पुनः अवरुद्ध, अवराेध हटाउने कार्य जारी

प्रकाशित मिति :  9 July, 2024 8:14 am


काठमाडौँ। भालुवाङ लिवाङ सडक खण्ड अन्तर्गत प्युठानको गनाह चकचके सडक खण्डस्थित गर्जेनीमा पहिरोको कारण बाटो पुनः अवरुद्ध भएको छ ।

मनसुन सुरु भएदेखि नै बाटो अवरुद्ध हुँदै आएको यस क्षेत्रमा पुनः पहिरोका कारण बाटो रोकिएको हो । बाटो खुलाउने कार्य जारी रहेको सडक डिभिजन प्युठानले जनाएको छ ।

बाटो बन्द र खुला भएको ताजा जानकारीका लागि डिभिजनको फेसबुकलाई फलो गर्न अनुरोध गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !