९ कार्तिक २०८१, शुक्रबार

चार संसदीय समितिको बैठक बस्दै

प्रकाशित मिति :  10 July, 2024 8:37 am


काठमाडौँ। बुधवार चार वटा संसदीय समितिको बैठक बस्ने भएका छन्। वैठकमा विविध विषयमा छलफल हुनेछन्।

आज बिहान ११ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । बैठकमा राज्यको मुलप्रवाहमा दलित समुदायको समावेशीताको अवस्था र यस सम्बन्धमा राष्ट्रिय दलित आयोगले खेल्दै आएको भुमिका बारेमा छलफल हुनेछ ।

बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा समितिको आन्तरिक छलफल हुनेछ ।

बिहान ११ बजै नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा काठमाडौं उपत्यकाभित्र खानेपानीको उत्पादन वितरण एवं सहज आपूर्तिको लागि देखिएका समस्या चुनौती लगायतका विषयमा छलफल हुनेछ ।

बिहान साढे १० बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा अङ्गदान र प्रत्यारोपण सम्बन्धी विद्यमान अवस्था समस्या तथा चुनौती र भावी कार्यदिशा सम्बन्धमा छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस !