९ कार्तिक २०८१, शुक्रबार

एमाले सचिवालय बैठक बस्दै, विकसित राजनैतिक घटनाक्रममा केन्द्रीत हुने

प्रकाशित मिति :  10 July, 2024 8:40 am


काठमाडौँ। नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बुधवार दिउँसो ११ बजे बस्नेछ ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरुको कार्यविभाजन र सरकारबारे छलफल हुनेछ । नेपाली काँग्रेस र नेकपा एमालेबीचको सहमतिबारे पनि छलफल हुने बताइएको छ ।

नेपाली काँग्रेस र नेकपा एमालेबीच नेकपा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउने र निर्वाचनताका नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने समझदारी भएको छ । सो विषयमा पनि बैठकमा छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस !