९ कार्तिक २०८१, शुक्रबार

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन माओवादी केन्द्रले लगायो ह्वीप

प्रकाशित मिति :  10 July, 2024 6:26 pm


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते लिने विश्वासको मतका लागि ह्वीप जारी गरेको छ ।

बुधवार बसेको माओवादी केन्द्रको संसदीय दल बैठकले प्रधामन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको हो । बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन प्रतिनिधि सभामा रहेका अन्य राजनीतिक दलहरुलाई अपील गरेको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संविधानको रक्षा, संविधानको कार्यान्वयन र जनताको हित चाहने राजनीतिक दल तथा स्वतन्त्र सांसदहरुलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिन आह्वान गर्ने निर्णय भएको जानकारी दिए।

उनले भने, “हामी २८ गते विश्वासको मत संविधानका व्यवस्था अनुसार लिने । विश्वासको मतका लागि हाम्रो दलको तर्फबाट ह्वीप जारी गर्ने सँगसँगै संविधान कार्यान्वयनका लागि, संविधान रक्षाका लागि र नेपाली जनताको लागि हित चाहने प्रतिनिधिसभाका सबै राजनीतिक दल, स्वतन्त्र माननीय सदस्यहरुलाई पनि विश्वासको मतको पक्षमा मत दिन अपील गर्ने, आह्वान गर्ने, कुराकानी गर्ने भन्ने निर्णय भएको छ ।”

प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूसँग सरकारलाई निरन्तरता दिने वचन दिएर काँग्रेससँग सरकार बनाउने सहमती गरेको भन्दै ओलीले ढाँटछल गरेको ब्रिफिङ गरेको प्रमुख सचेतक पाण्डेको भनाइ छ।

पाण्डेले प्रधानमन्त्रीले विश्वासको मत नपाएको अवस्थामा संविधानको धारा ७६(३) बमोजिमको सरकार बन्ने जिकिर गरे ।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !