९ कार्तिक २०८१, शुक्रबार

यो साताभर पुनः भारी वर्षाको सम्भावना, ४३ जिल्लामा ‘रेडअलर्ट’

प्रकाशित मिति :  11 July, 2024 6:51 am


काठमाडौँ। हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग–सिमाना आसपास) रहेको छ।

बिहीवार बिहानीपख देशभर साधारणतया बदली रहेको छ भने बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

कर्णाली सुदूपश्चिम बाहेकका ४३ जिल्लामा बुधवार रातीबाट आउँदो असार २९ गते बिहानीसम्म उच्च भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कताको आव्हान गरेको छ ।

विभागका अनुसार आगामी २४ घण्टामा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षाको सम्भावना रहेकाले सम्भावित जिल्लामा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !