९ कार्तिक २०८१, शुक्रबार

पृथ्वी राजमार्गको मौवाखोलामा पहिरो खस्दा सडक अवरुद्ध

प्रकाशित मिति :  11 July, 2024 9:03 am


चितवन । अविरल वर्षाका कारण मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरोे खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको हो ।

अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को सहायताले पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिए ।

सडक पन्छाउने काम भइरहे पनि पानी लगातार परिरहेको र लेदो माटो खसिरहेकाले सडक पन्छाउने केही समय लाग्ने उनले बताए । गन्तव्य तर्फ हिँडेका सवारी साधन सडकमा नै रोकिएका छन् ।



प्रतिक्रिया दिनुहोस !