९ कार्तिक २०८१, शुक्रबार

राप्रपा संसदीय दलको बैठक बस्दै

प्रकाशित मिति :  11 July, 2024 10:10 am


काठमाडौँ । आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको बैठक बस्दैछ ।

दिउँसो २ बजे सिंहदरबारमा बैठक बस्नेछ । आज बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने राप्रपाले जनाएको छ ।

बैठकमा सरकारलाई समर्थन दिन वा नदिने विषयमा छलफल हुने राप्रपाका सहप्रवक्ता सांसद ज्ञानेन्द्र बहादुर शाहीले जानकारी दिए।

प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि शुक्रबार संसदमा विश्वासको मत लिँदैछन्। एमाले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्।



प्रतिक्रिया दिनुहोस !