१२ श्रावण २०८१, शनिबार

जून महिनादेखि इटलीमा यात्रा अनुमति

प्रकाशित मिति :  17 May, 2020 7:55 am


एजेन्सी, ४ जेठ ।

सुरुवाती चरणमा कोरोनाबाट सबैभन्दा प्रभावित इटलीले अर्को देश जान र यूरोपियन नागरिकलाई इटलीभित्र आउनका लागि अनुमति दिने घोषणा गरेको छ ।

प्रधानमन्त्री जून्प्पे काँन्टेले तीन जून देखि यात्रामाथी लगाईएको प्रतिबन्ध हटाउने घोषणा गरेका हुन् । इटलीमा लकडाउन खुकुलो भइसकेको छ । उनले सबै खतराको आँकलन गरेर यात्रा अनुमति दिने घोषणा गरेको बताएका छन् ।

प्रधानमन्त्री काँन्टेको घोषणा अनुसार इटलीबाट अर्को देशमा जानका लागि जून ३ देखि यात्राका लागि अनुमति दिइने छ । यसका साथै जिम, स्विमिङ पूल, स्पोर्टस सेन्टर पनि २५ मे देखि सञ्चालनमा ल्याईने छ भने सिनेमा घर तथा नाटक घरहरु १५ जुन देखि सञ्चालनमा ल्याईने छ । यूरोपियन यूनियनभित्रका नागरिकलाई क्वारेन्टाइन विनै इटलीमा आउन दिईने छ ।

इटलीमा अहिलेसम्म ३१ हजार ७ सय ६३ जनाको कोरोनाको कारण ज्यान गएको छ । संक्रमण तिब्र भएपछि यूरोपमा सबैभन्दा पहिले फरवरीमा देशभर लकडाउनको घोषणा गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !