९ कार्तिक २०८१, शुक्रबार

सुनचाँदीको मूल्य बढ्यो

प्रकाशित मिति :  11 July, 2024 11:54 am


काठमाडौँ । आज बिहिबार सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार छापावाला सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेर तोलाको एक लाख ४४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ४४ हजार २०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । महासंघका अनुसार आज चाँदी तोलाको एक हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !