२४ आश्विन २०८१, बिहिबार

पहिरोले बस बगाएको घटनाप्रति नेकपा स्तब्ध

प्रकाशित मिति :  12 July, 2024 10:45 am


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नारायणगढ–मुग्लिन सडक खण्डमा पहिराले दुई वटा बस बगाएको घटनाले पार्टीलाई स्तब्ध पारेको बताएका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै विप्लवले २ वटा यात्रुबाहक यातायातका साधनलाई पहिरोले बगाउँदा ५ दर्जन भन्दा धेरै नागरिक वेपत्ता भएको खबरले पार्टी स्तब्ध भएको बताएका हुन् ।

विप्लवले विज्ञप्तिमार्फत प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

“केहि दिनदेखि परेको अविरल वर्षाको कारण बाढी, पहिरो, डुबान र कटानले देशब्यापी ठूलो धनजनको क्षति भएको छ ।” विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “…प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहत उपलब्ध गराउन तथा जिउधनको क्षति भएकाहरुको उचित क्षतिपूर्ति यथाशिघ्र उपलब्ध गराउन सरकारसँग माग गर्दछ ।”

विप्लवले नेता कार्यकर्तालाई राहत तथा उद्दारमा जुट्न निर्देशनसमेत दिएका छन् ।

“…पार्टीका सबै नेता–कार्यकर्तालाई राहत र उद्धारमा खट्न निर्देशन गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दछ,” विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस !