२० मंसिर २०८२, शनिबार

आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेकाले मलाई नैतिकता सिकाउनेः प्रधानमन्त्री

प्रकाशित मिति :  12 July, 2024 12:11 pm


काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारसँग डराएर नेपाली काँग्रेस र नेकपा एमाले मिलेको आरोप लगाएका छन् । आफूले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेकाहरूलाई र त्यसको समर्थन गरेका साथीहरूले समेत मलाई नैतिकताको पाठ सिकाउने प्रयास गरेको बताए ।

उनले नैतिक आधारमा अल्पमतमा परिसकेपछि आफूलाई लामो समय विश्वासको मत नलिइ बस्न रुची नरहेको भएकाले नै १० दिनभित्रै विश्वासको मत लिएको जिकिर गरे।

उनले भने, “आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेकाहरूलाई र त्यसको समर्थन गरेका साथीहरुले समेत मलाई नैतिकताको पाठ सिकाउने प्रयास गरियो । ति साथीहरूलाई म यत्ति भन्न चाहन्छु, यो संविधानमा नेकपा (माओवादी केन्द्र) को सबैभन्दा धेरै ठूलो लगानी छ ।”

नेकपा एमाले, जसपा सरकारकाबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

नेपाली कांग्रेस र एमालेबिच नयाँ समीकरणका लागि सहमति बनेसँगै उनले संविधानको धारा १०० को उपधारा ९२ अनुसार विश्वासको मत लिने भएका हुन् ।



प्रतिक्रिया दिनुहोस !