सरकारको सफलता नै सरकार ढाल्ने आधार बन्योः प्रधानमन्त्री
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको सफलता नै सरकार ढाल्ने आधार बनेको बताएका छन् । शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले आफूले भ्रष्टाचार गर्नेहरुसँग कुनै सम्झौता नगरी सुशासन स्थापित गर्ने काम गरेको जिकिर गरे । उनले त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्दा, ललिता निवास, भूटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गर्दा भ्रष्टाचार गर्नेहरू डराएको बताए ।
उनले बाँसबारीदेखि बाल मन्दिरसम्मका जमिन खोजी हुन थालेपछि देशको शक्ति सन्तुलन नै खल्बलिएको दाबी गरे । उनले भने,”आज सरकारको सफलता नै सरकार ढाल्ने विडम्वनापूर्ण आधार बन्यो । हामीले देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र मात्र भनेनौं, समाजवादउन्मुख राष्ट्र निर्माणको पनि संकल्प ग¥यौँ । यसको केन्द्रीय सिद्धान्त जनताको सम्प्रभुता हुनुपर्ने हो । बाँकी सबै जनताका सेवक हुनुपर्ने हो । तर, व्यवहारमा त्यो भएन । भीआइपी कल्चर शुरू भयो ।”
प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको रूपमा आफूले पूर्ण निष्पक्ष ढंगले गरेको बताए ।