२४ आश्विन २०८१, बिहिबार

प्रचण्डलाई मेटमणीको आग्रह: देउवासँग समदुरी राख्नु, ४ महिनामा परिस्थिति अनुकूल भई हाल्छ

प्रकाशित मिति :  12 July, 2024 4:07 pm


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणी चौधरीले प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस सभापति शेरबहादुर देउवासँग समदुरी राख्न आग्रह गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने अवसरमा बोल्दै ४ महिनापछि परिस्थिति अनुकूल हुने बताएका छन् ।

उनले भने,”हामी सम्झन्छौँ तपाईँले २०५२ सालदेखि २०६२ सालसम्म तपाईँले नेपाली समाजमा जागरण ल्याउने नेतृत्व गर्नुभयो । यहाँकै भूमिकाका कारण लोकतान्त्रिक गणतन्त्र आएको हो । अस्थिर र चञ्चल स्वभाव भएपनि तपाईँको मन सफा छ, नियतमा खोट छैन । भ्रष्टाचार नियन्त्रण गर्न अगाडि पनि बढ्नुभयो तर तपाईँले मान्छे चिन्नु हुने रहेनछ । कत्ति पनि मान्छे नचिन्ने । अब त चिन्नुभयो होला नि । हामी त तपाईँकै साथमा छौँ । सधैँ तपाईँकै साथमा रहन्छौँ । थियौँ । तर तपाईँले पटक पटक हामीलाई छोड्नुभयो । आज परिस्थिति जस्तो भएपनि नेपाली कांग्रेसको सभापतिलाई दोषी कत्तिपनि नदेख्नुहोला ।”

उनले बराबर सन्तुलनमा रहेर व्यवहार गर्न आग्रह गरे । उनले कांग्रेस सभापति देउवालाई पनि संसद् विगठन गर्ने साक्षी नबस्न अनुरोध गरे



प्रतिक्रिया दिनुहोस !