२४ आश्विन २०८१, बिहिबार

नयाँ सरकार गठन नभएसम्म प्रधानमन्त्रीको कार्यभार प्रचण्डलाई

प्रकाशित मिति :  12 July, 2024 7:36 pm


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अर्को सरकार गठन नभएसम्म मन्त्रिपरिषद्ले गर्ने कार्य सञ्चालनको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तोकेका छन् ।

प्रतिनिधिसभामा विश्वासको मतका लागि राखेकाे प्रस्ताव संसदबाट पारित हुन नसकेको व्यहोरा सभामुखबाट प्राप्त भएपछि राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को कार्यभार प्रचण्डलाई नै तोकेका हुन् ।

“प्रधानमन्त्री दाहालले संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाको आजको बैठकमा राख्नुभएको विश्वासको मतसम्बन्धीको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन नसकेको व्यहोरा सङ्घीय संसद् प्रतिनिधिसभा सभामुखको यही असार २८ गतेको पत्र प्राप्त हुन आएकाले संविधानबमोजिम यही मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्नेगरी तोक्नुभएको छ,” विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रपति पौडेलले संविधानको धारा ७७ को उपधारा ३ बमोमिज अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेगरी जिम्मेवारी तोक्नु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !