२४ आश्विन २०८१, बिहिबार

आदिकविको २११ औं जन्मजयन्ती मनाइयो

प्रकाशित मिति :  13 July, 2024 2:09 pm


काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी आदिकवि आचार्यको जन्मजयन्ती मनाइँदैछ । सो अवसरमा उहाँका रचना वाचन गर्ने गरिन्छ । आदिकवि आचार्यको जन्मजयन्तीमा नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेको आदिकवि आचार्यको पूर्णकदको शालिकमा माल्यार्पण गरी उनको स्मरण गरिएको छ ।

आदिकवि आचार्यले संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेका थिए । आदिकविले रचना गरेका रामायण अहिले पनि नेपालीहरूको घर घरमा लय हालेर पाठ गरिन्छ ।



प्रतिक्रिया दिनुहोस !