२० मंसिर २०८२, शनिबार

गैँडाकोटस्थित नारायणी किनारमा दुई जनाको शव भेटियो

प्रकाशित मिति :  13 July, 2024 6:08 pm


काठमाडौं । चितवनको सिमलताल बस दुर्घटनामा बेपत्ता भएकामध्ये २ जना पुरुषको शव फेला परेको छ।

गैंडाकोट नगरपालिका वडा नम्बर ७ गैरीस्थित नारायणी नदीको टापुमा २ जनाको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक हस्तबहादुर सुनारले अन्दाजी २५/३० वर्ष उमेर समूहका २ युवाको शव भेटिएको जानकारी दिए।

नदीमा माछा मार्नेक्रममा बोटेहरूरुले शव देखेपछि प्रहरीलाई दिउसो ३ बजे खबर गरेका थिए।

शवलाई पोष्ट मार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ।  



प्रतिक्रिया दिनुहोस !