नारायणीमा भेटियो अर्को शव, पहिचान हुन बाँकी
प्रकाशित मिति : 14 July, 2024 5:37 pm

काठमाडौँ । चितवनको भरतपुर महाननगरपालिका वडा नम्बर २६ स्थित सिमावारमा नारायणी नदीले बगाएर ल्याएको अर्को एउटा शव फेला परेको छ।
आइतबार दिउँसो ४ बजेर ३५ मिनेटमा सशस्त्र प्रहरी बल नेपाल नं१७ गणबाट खटिएको टोलीले एक पुरुषको शव फेला पारेको हो। शवको पहिचान खुलिसकेको छैन।
काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शुक्रबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए।
सो दुर्घटनामा हराएका गाडीका यात्रुमध्ये ५ जनाको सनाखत भइसकेको छ।