३ माघ २०८१, बिहिबार

परराष्ट्र मन्त्रालयको निकट रहेर काम गर्न सधैँ प्रयत्न गर्नेछुः निवर्तमान उपप्रधानमन्त्री श्रेष्ठ

प्रकाशित मिति :  14 July, 2024 6:42 pm


काठमाडाैँ । निवर्तमान उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफू परराष्ट्र मन्त्रालयको निकट रहेर काम गर्ने बताएका छन् ।

आइतवार अपरान्ह मन्त्रालयका आयोजित विदाइ समारोहमा बोल्दै उनले मुलुकको परराष्ट्र नीतिलाई सही ढंगले अघि बढाउनका लागि पनि आफू सो मन्त्रालयको अन्तरंग निकट रहेर काम गर्न प्रतिवद्ध रहेको बताएका हुन् । निवर्तमान उपप्रधानमन्त्री श्रेष्ठले आफूले नयाँ बन्ने परराष्ट्र मन्त्रीलाई निकट रहेर साथ दिन चाहेको बताए ।

भोलेन्टियरको रूपमा परराष्ट्र मन्त्रालयका काम गर्न आफूले अब बन्ने मन्त्रीसँग निवेदन हाल्न चाहेको उनको भनाइ थियो । उनले परराष्ट्र नीतिको पक्षमा आफूले सदैव सम्बन्धित पक्षहरूसँग छलफल, संवाद र अन्तरक्रिया गर्ने बताए । श्रेष्ठले आफूले राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र सम्बन्धलाई अघि बढाउन सक्दो पहल गरेको दाबी समेत गरे ।



प्रतिक्रिया दिनुहोस !