यो केपी ओलीको सरकार हो, लामो समय चल्छः खानेपानीमन्त्री यादव
प्रकाशित मिति : 15 July, 2024 5:17 pm
काठमाडौँ । नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले वर्तमान सरकार लामो समय चल्ने बताएका छन् । सोमवार खानेपानीमन्त्रीको पदभार ग्रहण गरेसँगै उनले यस्तो बताएका हुन् ।
उनले वर्तमान सरकार प्रधानमन्त्री केपी शर्मा ओलीको भएकाले लामो समय चल्ने बताए । उनले अहिलेको सरकार डबल इन्जिनको सरकार भएको बताए । उनले डबल इन्जिनको सरकारलाई पछाडिबाट अर्को इन्जिनले पनि साथ दिइरहेको भन्दै आफ्नो अवधिसम्म चल्ने बताए ।
उनले भने, “यो सरकार लामो चल्छ, किनकी यो केपी ओलीको सरकार हो । डबल इन्जिनको सरकार छ । यो इन्जिन एकदम झक्कासले चल्छ । हामी तेस्रो इन्जिनले धक्का दिइरहेका छौँ । यो सरकार आफ्नो अवधिसम्म चल्छ । डबल इन्जिनको सरकारलाई सफल बनाऔँ ।”
उनले डबल इन्जिनको सरकारलाई सफल बनाउन मन्त्रालयका सचिव र कर्मचारीलाई आग्रह गरे ।








