ओलीलाई बधाई दिँदै रवि लामिछानेले भने:भ्रष्टाचार र विचलनका मुद्दामा निर्मम हुन्छौँ
प्रकाशित मिति : 15 July, 2024 5:25 pm
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारसँग सुशासन र समुन्नतिका विषयमा सहकार्य गर्न तयार रहेको बताएका छन् ।
लामिछानेले ओली नेतृत्वको सरकारलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा लामिछानेले लेखेका छन्,, “नवनियुक्त प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूसहित सम्पूर्ण मन्त्री मण्डललाई सफल कार्यकालको शुभकामना हामी भ्रष्टाचार र विचलनका मुद्दामा निर्मम ढङ्गले प्रस्तुत हुनेछौँ भने सुशासन र समुन्नतिका विषयमा सहकार्य गर्न तयार रहनेछौँ।”