२४ आश्विन २०८१, बिहिबार

रास्वपा सांसद कार्कीको प्रश्नः मन्त्रीपरिषद्मा दलित प्रतिनिधित्व किन भएन ?

प्रकाशित मिति :  15 July, 2024 6:08 pm


काठमाडाैँ । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले नयाँ मन्त्रीपरिषद्मा दलित समूदायको प्रतिनिधित्व नभएकोमा आपत्ति जनाएकी छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सो आपत्ति जनाएकी हुन् । सांसद कार्कीले महिलाहरूको प्रतिनिधित्व पनि कम भएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । उनले वर्तमान सरकारको गणित कमजोर भएर हो वा नियतमै खोट भएर महिलाहरूको प्रतिनिधित्व समानुपातिक रूपमा मन्त्रीपरिषद्मा कम भएको ? भनि प्रश्न समेत गरिन् ।

सांसद कार्कीले सरकारले व्यक्तिगत लाभका आधारमा मन्त्री नियुक्तीको काम भएको जिकिर समेत गरिन् ।

उनले भनिन्, “दुई ठूला दल मिलेर बनेको सरकारको जम्बो मन्त्रीटोलीमा जम्मा दुई जना जम्बोमन्त्री अटाउन सकेछन । आधा आकाश ढाक्ने महिलाको प्रतिनिधित्व ५० प्रतिशत हुनुपर्नेमा ३३ प्रतिशत चाहीँ हामी अनिवार्य गराउँछौं भन्ने दुई ठूला दलको ३३ प्रतिशत भनेको २२ को २ हुँदो रहेछ । तपाईहरुको गणित कमजोर हो कि नियतमै खोट हो?”

सो अवसरमा सांसद कार्कीले जनताको हित हुनेगरी काम गर्न पनि सरकारलाई शुभकामना व्यक्त गरिन् ।



प्रतिक्रिया दिनुहोस !