२४ आश्विन २०८१, बिहिबार

आज साउने सङ्क्रान्ति, लुतो फालेर मनाइँदै

प्रकाशित मिति :  16 July, 2024 7:51 am


काठमाडौँ। आज साउने (कर्कट) सङ्क्रान्ति, हिन्दू परम्परा अनुसार पूजाआजा गरी लुतो फालेर पनि मनाइँदैछ।

सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाइन्छ।

१ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ ।

असारमा हिलोमैलो खेल्दा छालासम्बन्धी रोग लाग्न सक्ने भएकाले ठीक गर्न लुतो फाल्ने परम्परा कायम गरिएको विश्वास गरिन्छ ।

लुतो फाल्दा कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।

साउन महिनालाई भगवान् शिवको विशेष रुपमा पूजा गरेर मनाउने महिनाका रुपमा पनि लिइन्छ । साउन महिनामा विशेषगरी महिलाहरु हरियो कपडा र हरिया चुरा लगाउने गर्छन् ।



प्रतिक्रिया दिनुहोस !