१६ बैशाख २०८१, आइतबार

यि वस्तु ढुवानी गर्न पास चाहिंदैन

प्रकाशित मिति :  17 May, 2020 1:35 pm


काठमाडाैं, ४ जेठ । 

लकडाउनकाे समयमा अत्यावस्यक वस्तु ढुवानी गर्दा पास नचाहिने भएकाे छ । वाणिज्य विभागले आइतबार सार्वजनिक सूचना जारी गर्दै ढुवानी गर्दा पास नचाहिने वस्तु तथा सेवाकाे सूची सार्वजनिक गरेकाे छ ।

विभागका अनुसार एम्बुलेन्स, शव वहान, औषधिजन्य साग्री तथा सबै प्रकारका औद्याेगिक कच्चा पदार्थ र तयारी मालवस्तु ढुवानी गर्दा पास नचाहिने बताएकाे छ भने पेट्राेलियम पदार्थ, ग्याँससमेत ढुवानी तथा निर्माण सामग्री ढुवानी गर्ने सवारीलाइ पनि पास नचाहिने जनाएकाे छ ।

सबै प्रकारका खाद्यवस्तु, पशुपंक्षीजन्य आहार, खशीबाेका, राँगा, कुखुरा, माछा, तरकारी, फलफूल, दुध तथा दुग्धजन्य पदार्थ बाेकेका सवारीलाइ पास नचाहिने भएकाे छ ।

अनलाइन सेवा मार्फत् खाद्य, तयारी वस्तु तथा स्टेशनरी लगाएतका सामानहरू ढुवानी गर्दा दुइ प्राङ्ग्रे सवारीमा पछाडी अर्काे जना वस्न नपाउने र वस्तुकाे नाम देखिने गरि लेखिएकाे केरेन राखेर सामान डेलीभरी गर्नु पर्ने विभागले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !