१७ बैशाख २०८२, बुधबार

आलोकनगरमा समाजवादी मोर्चाको बैठक सुरू

प्रकाशित मिति :  16 July, 2024 4:36 pm


काठमाडाैँ । समाजवादी मोर्चाको बैठक सुरू भएको छ । मंगलवार नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कार्यालय आलोकनगरमा बैठक बसेको हो ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, महासचिव देव गुरुङ लगायतका नेताहरूको उपस्थिति रहेको छ । त्यस्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुषाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवलगायतका नेताहरुको उपस्थिति रहेको छ ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ । साथै समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गरिने पनि बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !