२३ बैशाख २०८१, आइतबार

दुई छिमेकी मुलुकबीच हाम्रो भूमिबारे भएको निर्णय स्वीकार्य छैन:उपनेता नेम्वाङ

प्रकाशित मिति :  17 May, 2020 1:28 pm


sf7df8f}F, @ c;f]h – /f;;_M g]skf ;+;bLo bnsf pkg]tf g]Djfª dGtJo JoQm k|ltlglw;efsf] laxLaf/ a;]sf] a}7sdf bnLo cfwf/df k|ltlglw;efsf] av]{ clwj]zgsf] ;dfkg dGtJo JoQm ub}{ g]skf ;+;bLo bnsf pkg]tf ;’jf; g]Djfª . tl:a/M /Tg >]i7

काठमाण्डौं, ४ जेठ ।

नेपाल  कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले चीन र भारतबीच नेपालको भूमिलाई व्यापार नाका बनाउने गरि भएको सहमति कुनै हालतमा स्वीकार नगर्ने बताएका छन् ।

प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथी आफ्नो धारणा राख्दै उपनेता नेम्वाङले नेपाली भूमि मिचेर दुईदेशबीच भएको सहमति विरुद्ध सिंगो संसद् र देशलाई एक जुट बनाएर विनम्रतापूर्वक लड्ने बताए ।

उनले भने,‘त्यो सहमतिप्रति हाम्रो स्वीकार्यता छैन । हामी त्यसलाई अस्वीकृत गछौं । त्यसको विरुद्धमा विनम्रतापूर्वक लड्छौं । सिंगो संसदलाई सिंगो देशलाई एक जुट बनाएर हामी अगाडि बढ्छौं ।’

उपनेता नेम्वाङले नेपाल भूकम्पले थिलो थिलो भएको बेला दुईदेशले सहमति गरेको स्मरण समेत गराए । उनले भने,‘ हाम्रोमा भूकम्प आएको र क्षतविच्छद् भएको २० औं दिनमा हाम्रा दुई छिमेकीले एउटा सम्झौता गर्नुभयो, एउटा सहमति गर्नुभयो र लिम्पियाधुराको जुन जङ्सन छ । त्यसलाई एउटा नाकाको रुपमा, व्यापार नाकाको रुपमा अगाडी बढाउने भनेर ।’

नीति तथा कार्यक्रममामाथी धारणा राख्दै राष्ट्रिय समाजवादी पार्टीकी सांसद सरिता गिरीले भारत र चीनसँग छलफल नगरेर कसरी नेपालले नक्सा जारी गर्न सक्छ भन्ने प्रश्नमा उप नेता नेम्वाङ्ले भने,‘अघि एकजना मित्रले नीति तथा कार्यक्रममा संसोधन हाल्दा यो नक्सा बनाउने कुरा भारत र चीनसँग नसोधी हुन्छ र ? भन्नुभएको थियो । उहाँहरुले (चीन र भारत)ले त्यो सहमति गर्दा हामीसँग नसोधिकन, हामी त भूकम्पको फोहोर सोहर्दै थियौं, भत्केका भग्नावशेषहरु सोहर्दै थियौं सभामुख महोदोय हाम्रा दुई छिमेकी मित्रहरुले त्यसमा सहमति गर्नुभयो सम्झौता गर्नुभयो ।’

सरकारले भारत अतिक्रमण गरेको र भारत र चीन मिलेर सम्झौता गरेको नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गर्ने नीति तथा कार्यक्रममै समावेश गरेको छ । उपनेता नेम्वाङ्ले सिमा अतिक्रमण अस्वीकार्य हुने र त्यसका विरुद्ध विनम्रता पूर्वक लड्ने बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस !