सिमलताल घटना अध्ययन गर्न गठित कार्यदल चितवनमा
प्रकाशित मिति : 17 July, 2024 10:55 am
काठमाडौँ । सिमलतालमा आएको लेदोसहितको पहिरोले बगाएको बस घटनाको छानबिन गर्न गठित अध्ययन कार्यदलको टोली आज चितवन आएका छन्।
घटनास्थलको अवलोकन, चितवनका प्रहरी प्रशासन तथा सरकोरवालासँग छलफल गरि उद्धार प्रकृयाबारे जानकारी लिन अध्ययन टोली चितवन आएको हो । गृह मन्त्रालयका सहसचिव छवि रिजालको नेतृत्वमा ६ सदस्यीय टोली चितवन आएका हुन् ।
टोलीमा नेपाल प्रहरीका एसएसपी भुपेन्द्र खत्री, सशस्त्र प्रहरीका एसएसपी, विपद व्यवस्थापन प्राधिकरण, भौतिक पूर्वाधार मन्त्रालय र यातायात व्यवसायी महासंघबाट समितिका सदस्यहरु दुर्घटनास्थल चितवनको सिमलताल क्षेत्र अवलोकनमा आएका हुन् ।