१३ बैशाख २०८२, शनिबार

बर्तौला सत्तापक्षको मुख्य सचेतक नियुक्त

प्रकाशित मिति :  17 July, 2024 2:34 pm


काठमाडौँ । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौला सत्ता पक्षको मुख्य सचेतकमा नियुक्त भएका छ्न् । प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई आज उक्त जिम्मेवारी दिएका हुन् ।

नेकपा एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा पाउने गरी बर्तौलालाई प्रतिनिधि सभामा मुख्य सचेतक पदमा साउन २ गतेबाट लागू हुनेगरी मनोनयन गरेको हो ।



प्रतिक्रिया दिनुहोस !