२३ मंसिर २०८१, आइतबार

बाढीको जोखिम घट्दो क्रममा, आगामी तीन दिन कुन नदीमा कति जोखिम?

प्रकाशित मिति :  18 July, 2024 8:18 am


काठमाडौँ। मनसुनको प्रभाव घट्न थालेसँगै देशभर बाढीको जोखिम पनि कम हुन थालेकोछ ।

जल तथा मौसम विज्ञान विभाग अन्गर्तको बाढी पूर्वानुमान महाशाखाका अनुसार देशभर बाढीको उच्च जोखिम घटेको छ भने केही नदीमा आकस्मिक बाढीको जोखिम रहेको छ।

आगामी तीन दिन कोशी, नारायणी र यसका प्रमुख सहायक नदीहरू साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह बढ्दो हुने तर सतर्कता तह तलै रहने जनाइएको छ । महाकाली, कर्णाली र यसका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने पुर्वानुमान छ ।

आगामी २४ घण्टामा दोलखा, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, कास्की, डोल्पा, जाजरकोट, रुकुम पश्‍चिम, बाजुरा, अछाम, डोटी र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरुमा बहाव बढ्ने तथा केही स–साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !