२६ आश्विन २०८१, शनिबार

मधेस प्रदेशः सरकारलाई दिएको समर्थन फिर्ता लिन काँग्रेस संसदीय दलको बैठक जारी

प्रकाशित मिति :  18 July, 2024 2:45 pm


काठमाडौं । नेपाली काँग्रेसले अर्थ मन्त्रालय नपाउने भएपछि मधेस सरकारलाई दिएको सर्मथन फिर्ता लिनेबारे निर्णय गर्न संसदीय दलको बैठक जारी छ ।

जारी संसदीय दलको बैठकबाट सरकारलाइ दिएको समर्थन फिर्ता लिने÷नलिनेबारे निर्णय काँग्रेसले गर्न लागेको हो ।

काँग्रेस संसदीय दलका नेता कृष्ण यादवले अहिलेसम्म सहमतिअनुसार नै अघि बढ्ने गरी बसेको भएपनि अब भने संस्दीय दलमा बहुमतले गरेको निर्णयलाई मानेर अघि बढ्ने बताए ।

काँग्रेस संसदीय दलका नेता कृष्ण यादवले भने, ‘अहिले हामी बसिरहेका छौँ, बहुमतको निर्णय जे हुन्छ त्यसै आधारमा निर्णय लिनेछौँ ।’

सरकारलाई दिइएको समर्थन फिर्ता हुने सम्भावना कति छ ? भन्ने प्रश्नमा राजनितिमा सम्भावना बाहेक अरु केही पनि नहुने बताउँदै बैठकले थप निर्णय लिनसक्ने बताए ।

बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णयमा पुगे काँग्रेस नयाँ समिकरणमा सरकार बनाउन प्रयास गर्नेगरी तयारी समेत गर्न लागेको एक प्रदेस सभा सदस्यले बताए ।



प्रतिक्रिया दिनुहोस !