१८ बैशाख २०८१, मंगलबार

सभापति घर्तीले पठाएका स्वास्थ्य सामाग्री रोल्पा पुग्यो, कोरोना परीक्षणमा सहज

प्रकाशित मिति :  17 May, 2020 4:16 pm


रोल्पा, ४ जेठ ।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले पठाएको स्वास्थ्य सामाग्री रोल्पा आइपुगेको छ ।

आज जिल्ला प्रशासन कार्यालयमा जिल्ला समन्वय समिति प्रमुख, नगरप्रमुख, नेकपा र कांग्रेस प्रमुख, सुरक्षा निकायका प्रमुख, पत्रकार लगायतको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले सभापति सभापति घर्तीले पठाएका सामाग्री रोल्पा आइपुगेको औपचारीक जानकारी गराएका हुन् ।

सभापति घर्तीले हिजो स्वास्थ्य सेवा विभागसँग समन्वयन गरेर रोल्पाका लागि  २ हजार थान आरडीटी किट,५ हजार थान सर्जिकल मास्क र ७५ थान पीपीई सेटसहित एन-९५ मास्क २०० सय सेनिटाइजर ५ सय एमएलको १५ बोतल, थप सेनिटाइजर ३० लिटर पञ्जा ७ सय ५० जोर, आइ आर थर्मोमिटर १० थान पठाएकी थिइन् ।

पछिल्लो समय रोल्पामा स्वास्थ्य सामाग्री अभाव भएको गुनासो आइरहेका बेला सभापति घर्तीले स्वास्थ्य सेवा विभागसँग समन्वय गरेर स्वास्थ्य समाग्री गृहजिल्ला पठाएकी हुन् ।

प्रमुख जिल्ला अधिकारी  ढकालले जिल्ला प्रशासन कार्यालयमा स्वास्थ्य समाग्री आएको र स्वास्थ्य कार्यालय मार्फत रोल्पा अस्पताललाई हस्तान्तरण गरिने बताए ।

अब थप दुई हजार आरडीटी कीट जिल्लामा आएकाले तत्काल परीक्षण सुरु गरिने स्वास्थ्य कार्यालय प्रमुख अनिल के.सीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !